आँप खानु फाइदा कि बेफाइदा

0
Shares

आँपको सिजन शुरु भएको छ । यसैले अहिले बजारमा आँपको बिक्री पनि बढिरहेको छ । आँपलाई फलको राजासमेत भनिन्छ । आँप खानुको साथै अचार पनि बनाइन्छ । यो स्वस्थकर फल पनि हो ।

अहिले बजारमा आइरहेको आँप पहेँलो रंगको बोक्रामा रहेको छ । हरियो रंगको बोक्रामा आउन केही समय कुर्नु पर्ने बताइएको छ ।

फाइदा

-रोग प्रतिरोधक क्षमतामा वृद्धिःः आँपमा भिटामिन सी र एंटीऑक्सीडेंट हुन्छ । जसले शरीरलाई रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ ।

-पाचनमा सुधारः आँपमा फाइबर र पेक्टिन हुन्छ । जसले पाचन क्रियालाई राम्रो गर्छ र कब्जियतबाट राहत दिलाउँछ ।

-आँखाको लागि फाइदाः आँपमा भिटामिन ए पनि हुन्छ । यसमा रहेको बीटा–केरोटीन शरीरमा पुगेपछि भिटामिन ए बन्न जान्छ । यसैले आँपले आँखालाई राम्रो गर्छ ।

-कोलेस्ट्रल नियन्त्रणः आँपमा रहेको भिटामिन सी, पेक्टिन र फाइबर खराब कोलेस्ट्रललाई कम गर्न सहयोगी हुन्छ ।

बेफाइदा

-आँप अधिक खानाले शरीरलाई हानी गर्न सक्छ । यसमा चीनी बढि हुन्छ । यसैले धेरै आँप खाएमा शरीरको तौल बढ्न सक्छ । यसले मधुमेह जस्तो रोग निम्त्याउन पनि सक्छ ।

-आँप धेरै खानाले एलर्जी पनि हुन सक्छ । साथै उच्च मात्रामा एसिडिटी पनि हुन्छ ।