काठमाडौँ
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ ।
यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुनेछ । अफरले ग्राहकलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएन आइक्यू ५ र क्रेटा इभीमा लागू गरिएको छ ।
यो अफर नेपाली उपभोक्ताको बिचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएन आइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन् ।
कम्पनीका अनुसार प्रि–बजेट छुट योजनाको मुख्य विशेषतामा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै यस अफरमा ग्राहकले सडक करसमेत निःशुल्क पाउने छन् ।
यसका साथै तीनवटै मोडेलमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनलाई पहिलेभन्दा बढी किफायती बनाउने कम्पनीको दाबी छ ।
यो प्रि–बजेट योजना ग्राहकलाई विशेष अफरसहितको सुविधा प्रदान गर्न ल्याइएको हो । लक्ष्मी हुन्डाईले री– लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ ।
हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् ।











प्रतिक्रिया