काठमाडौं
नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर, चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ । हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरू मध्ये एक बनेको छ ।
कम्पनीको अनुसार, नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ । धेरैलाई इभी खरीद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ ।
तर हुन्डाई नेपालले देशमै क्रेटा क्ष्ऋभ्, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ । क्रेटा इभी÷आइसी दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या हुने छैन । साथै लक्ष्मी हुन्डाईले इभी इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन रि–लक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउहरुमा रि–लक्स डिसी÷एसी गरी ६६ चार्जर सुचारु भैसकेको छ ।
त्यसैले, ग्राहकहरूलाई हुन्डाईको पेट्रोल आइसी र इभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट्र्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ । नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २९ गते (१२ मे २०२५) मा पिनाकल ट्रेडिङ प्रा. लि. ( हुन्डाईको आधिकारिक डिलर) मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा भ्ख् सार्वजनिक गरेको हो ।
यस कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको छ। कार्यक्रम स्थलबाट ५ वटा क्रेटा भ्ख् ग्राहकहरूलाई गरिएको छ । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले एक सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया