चट्याङ लागेर बालकको मृत्यु 

7.8k
Shares

उदयपुर। 

 उदयपुरको कटारी नगरपालिका ८ झाक्रीखोला गाउँका १२ वर्षिय बालकको बाख्रा चराउन गएका समयमा  चट्याङ  लागेर ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईँका अनुसार सोमबार दिउँसोे घरबाट खसी  बाख्रा चराउन  जंगल गएका कटारी ८ का मान बहादुर मगरका १२ वर्षका  छोरा चित्र बहादुर मगरकोे हावा हुरी पानीसहित परेको चट्याङ  लागेर ज्यान गएको होे  ।

बाख्रा चराउन गएका चित्र बहादुर साँझ घरमा नआएको र बाख्रा भने घरमा आएपछि चित्र बहादुरको  खोजी शुरु गरेका थिए । खोजी गर्ने क्रममा मंगलबार विहान जंगलमा मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक बजगाईले बताए।

प्रहरीले मंगलबार विहान खबर पाएपछि घटनास्थलमा प्रहरी पुगेको र घटनास्थलको मुचुल्का गरी  मृतकको लासलाई प्रादेशिक अस्पताल कटारीमा पोष्टमार्टमकालागि ल्याइएको प्रनाउ बजगाईले  बताए ।