सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक गरिने


काठमाडौँ।

विगत २१ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएकाे हाे। सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक हुने जनाइएको छ ।

कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन।

मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने बताइएको छ। ।