चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति

4.89k
Shares

उदयपुर। 

         उदयपुरको रौतामाईमा गए राती अविरल वर्षासँगै परेको चट्याङका कारण रौतामाई गाँउपालिका वडा नं.५ ढुकुरथुम बस्ने चक्र बहादुर राईको घर जल्दा करिब ५ लाख ५० हजार बराबरको क्षति भएको छ ।

        जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार  बैशाख १५ गते राती .१ः३० बजे हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण निज चक्र बहादुर राईको घरमा क्षति पुगेको हो । ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर आगलागी हुदा घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडावर्तन, काठपात र घरसँगै रहेको बाख्राको खोर, सुंगुरको खोर र उक्त खोरमा रहेको १ वटा सुगुर समेत पूर्ण रुपमा जली करिब रु. ५,५०,०००। बराबरको क्षति भएको हो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घर पूर्ण रुपमा जलिसके पश्चात सोमबार  बिहान ३ बजे आगलागी आफै नियन्त्रणमा आएको भनी स्थानीयले जानकारी गराएका थिए । स्थानीयबाट जानकारी पाए पश्चात उक्त घटना सम्बन्धमा थप आवश्यक कुरा बुझ्न र जानकारी लिनका लागि अस्थाई प्रहरी पोष्ट रौता पोखरीबाट प्रहरी टोली खटिई गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।