सिन्धुपाल्चोकमा भूकम्प धक्का


काठमाडौं ।

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शुक्रबार बिहान ११:५३ बजे ४.१ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ ।

२०७२ वैशाख १२ गते बिहान ११: ५६ बजे गोरखाको बारपाक केन्द्र भएर ७.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो।

गोरखा भूकम्पका कारण सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक र गोरखामा भएको थियो।