काठमाडाैं ।
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ।
राजावादी आन्दोलनका क्रममा वातावरण प्रदूषण र अन्य नियम उल्लंघनको कारण महानगरले यो निर्णय गरेको हो।
शुक्रवारको प्रदर्शनमा तीनकुने र कोटेश्वर क्षेत्रका सडकमा तोडफोड र आगजनी भएको थियो। महानगरले वातावरण संरक्षण ऐन २०७७ र आर्थिक ऐन बमोजिम ८ वटा पत्र काटेर पूर्वराजालाई जरिवाना गरिएको छ।
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
दमकल तोडफोड- रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार

प्रतिक्रिया