काठमाडाैं ।
राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको काठमाडौंस्थित तीनकुनेको आन्दोलनमा समाचार संकलनका क्रममा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकोप्रति नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले भत्र्सना गरेको छ ।
आन्दोलनका नाममा सञ्चारकर्मीलाई जिउँदै जलाउने, सवारीसाधनमा क्षति पुर्याउने, सञ्चार गृहहरूमा आतङ्क मच्याउने कार्यको हामी भत्र्सना गर्दछौं । यो घटनाको तत्काल छानबिन गरी दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न पनि सरकारसँग माग गर्दछौं ।’ –कामना प्रतिष्ठानका सचिव सूर्यप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
साथै, मृतक रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा शाखाले समवेदना प्रकट गरेको छ ।
यसै सन्दर्भमा, नेपाल पत्रकार महासंघ केन्द्रको शनिबार बसेको बैठकले शनिबार क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने, मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया