काठमाडाैं ।
नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा आयोजित विरोध सभामा सहभागी भएको घटनापछि हिजोको राजावादी आन्दोलनमा आक्रमणको शिकार भएका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट दैनिक, हिमालय टिभी र अनलाइन खबरको स्थलगत अनुगमन गर्न प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा टोली ती मिडिया हाउसहरूमा पुगेको छ।
अध्यक्ष पाण्डे, उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी, महासचिव हिरामान लामा सहितको टोलीले प्रेसमाथि हुने आक्रमणहरूलाई प्रेस चौतारी नेपालले अमान्य ठहर गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ। टोलीले साथीहरूको पीडामा चौतारीको काँधमा काँध, हातमा हात र साथमा साथ मिलाएर अघि बढ्ने प्रतिज्ञा गरेको छ।
नेपाल पत्रकार महासंघ, नेपाल सरकारका गृहमन्त्री र अन्य निकायहरूभन्दा पनि प्रेस चौतारी नेपालले सक्रियतासाथ मिडिया हाउसहरूमा पुगेर साथीहरूको समस्या बुझ्ने प्रयास गरेकोमा अध्यक्ष गणेश पाण्डेको पहललाई प्रशंसा गरिएको छ।
प्रतिक्रिया