हिंसा भड्काउने मुख्य आरोपी प्रसाई जोगीको भेषमा फरार


काठमाडौं ।

राजसंस्था पुनःस्थापन समितिका आन्दोलनका कमाण्डरदुर्गा प्रसाई जोगीको भेषमा फरार भएका छन् । शुक्रबार तीनकुनेमा भएका हिंसात्मक घटनाका मुख्य योजनाकार प्रसाई उनका धर्मगुरु पुष्कर खतिवडाकोघरबाट फरार भएका हुन ।


इमाडोलस्थित खतिवडाको घरमा देखिएका प्रसाई जोगीको भेषमा फरार भएको स्रोतको भनाई छ । जोगीको जस्तै कपडा लगाएर इमाडोलबाट फरार भएको देखिएको छ , धेरै स्थानमा खोजिगरिसक्यौ फेला पर्न सकेको छैन–स्रोतले भन्यो । प्रहरीले प्रसाई खोज्न तीनवटा विशेषटोली बनाएको छ । इमाडोलमा देखिएपछि बेपत्ता भएका प्रसाई लुकेका भनिएका अधिकांस स्थानमा प्रहरीले खोजी गरिसकेको छ ।

तर फेला पार्न सकिएको छैन । खतिवडालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । उनी इमाडोलबाट ट्याक्सीमा भाग्न लाग्दा पक्राउ परेका थिए । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा हिंसा भड्काएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको खाजी तीव्र रूपमा भइरहेको बताएका छन् । तीनकुनेक्षेत्रको अवस्थाबारे जानकारी लिन पुगेका गृहमन्त्री लेखकले प्रसाई खोज्न सबै स्थानमा प्रहरी परिचालन भैसकेको जानकारी दिए ।