काठमाडौँ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रहेकाे छ।
प्रारम्भिक अनुसन्धानले अग्रवालको टाउकोमा घाउ देखिएको र घटनास्थलमा जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। शव परीक्षणको लागि मृतकको शरीर वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धानलाई तीव्रता दिएको छ र स्थानीय क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताइएको छ। यस घटनाको वास्तविक कारण शव परीक्षणको रिपोर्टपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया