काठमाडौं ।
नेपालका पत्रकार सुरेश रजकको एभिन्यूज टेलिभिजनमा सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा १५ चैत्रमा दुखद निधन भएको छ। मिडिया एलायन्स नेपाल यस घटनाप्रति गहिरो शोक र आक्रोश व्यक्त गर्दै उनको साहसिक र सत्यको खोजी गर्ने समर्पणलाई सम्मान गर्दै परिवार र सहकर्मीहरूसँग एकजुटता प्रकट गरेको छ ।
नेपाल सरकारको अधिनायकवादी दृष्टिकोण र आन्दोलनकारीहरूको अराजक व्यवहारले यस घटनालाई जन्म दिएको छ, जसको मिडिया एलायन्स नेपाल घोर निन्दा गर्दछ। यस घटना पश्चात सरकार र सुरक्षा निकायको लापरवाही र गैरजवाफदेहिता भएको छ। प्रहरी महानिरीक्षक र प्रमुख जिल्ला अधिकारीसँगको सम्पर्क प्रयासहरू असफल भएका छन् र घटनाको गम्भीरता समक्ष सरकारको प्रतिक्रियामा ढिलाइ देखिएको छ।
सुरेश रजकको मृत्यु पश्चात प्रहरी महानिरीक्षकले मात्र सम्पर्क गरे, जुन असंवेदनशीलता र लापरवाहीको उदाहरण हो। मिडिया एलायन्स नेपाल यस घटनाको निष्पक्ष र गम्भीर अनुसन्धानको माग गरेकाे छ ।
मिडिया एलायन्स नेपाल सरकारसँग यो घटनाको कडा कारबाही गर्न आग्रह गर्दै, याे जस्तो लापरवाही र गैरजवाफदेहिताबाट हाम्रो लोकतन्त्र र प्रेस स्वतन्त्रतामा दाग लाग्ने चेतावनी दिएकाे छ ।
सुरेश रजकको परिवारप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्दै, मिडिया एलायन्स नेपाल प्रतिज्ञा गर्दछ कि जबसम्म अपराधीलाई कारबाही नगरे सम्म, हामी मौन बस्ने छैनौं भन्दै चेतावनी दिएकाे छ ।


प्रतिक्रिया