धर्मगुरु पुष्कर खतिवडा पक्राउ


काठमाडौं ।

प्रहरीले धर्मगुरु पुष्कर खतिवडालाई पक्राउ गरेको छ। उनलाई ललितपुरको इमाडोलबाट आज बिहान पक्राउ गरिएको हो। शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी आन्दोलनको क्रममा उनी हिंसात्मक गतिविधिमा संलग्न थिए र ढुंगा हान्दै अरुलाई उक्साएका थिए।

हिंसात्मक राजावादी आन्दोलनमा पक्राउ पर्ने व्यक्तिको संख्या ११० पुगेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले राजसंस्था पुनःस्थापनाको नाममा तीनकुने क्षेत्रमा हिंसा, हत्या र तोडफोड गरेका थिए।

प्रहरीको विशेष टोलीले धर्मगुरु पुष्कर खतिवडालाई पक्राउ गरेको छ भने, राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरु पनि नियन्त्रणमा छन्। दुर्गा प्रसाईं भने फरार छन्, र प्रहरीले उनको खोजी तीव्र पारेको छ।