काठमाडाैं ।
शुक्रबार काठमाडौंमा तीनकुनेमा भएका हिंसात्मक प्रदर्शनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन्।
राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ, तर प्रसाईं फरार छन्। प्रहरीले उनका पछ्याइमा काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी तीव्र पार्दैछन्।
प्रसाईंले प्रदर्शनकारीलाई उक्साएर प्रहरीलाई गाडी हुर्काएर प्रदर्शनलाई हिंसात्मक बनाएका थिए। यस घटनामा दुई जनाको मृत्यु र सुरक्षाकर्मीसहित ११०जना घाइते भएका थिए। कर्फ्यु आदेश जारी गरेपछि, प्रसाईंको खोजी तीव्र भएको थियो।
उनका मोबाइल फोन अफ गरेर भागेको जानकारी प्राप्त भएको छ। उनको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो। उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडका आरोप लगाइएको छ।
प्रतिक्रिया