काठमाडौं ।
काठमाडौंका तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रका बासिन्दाहरूलाई शनिबार बिहान ७ बजेसम्म कर्फ्यूको सामना गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति कर्फ्यूको समय थप्ने निर्णय गरेको हो।
प्रारम्भमा दिउँसो ४:२५ देखि राति १० बजेसम्म कर्फ्यू लगाउने भनिए पनि परिस्थितिको गम्भीरता देखेर प्रशासनले थप समय लम्ब्याउने निर्णय गरेको थियो।
प्रशासनका अनुसार कर्फ्यूपछि स्थिति केही सामान्य बन्दै गएको छ। सुरक्षा व्यवस्था कडा बनाइएपछि सेनाका बख्तरबन्द गाडीहरू सडकमा देखिन थालेका छन्। कर्फ्यू क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा घेराउ जस्ता गतिविधिहरू निषेध गरिएको छ।
प्रदर्शनका क्रममा निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्र र सार्वजनिक यातायातका सवारी साधनमा तोडफोड गरिएको थियो। झडपका कारण केही मानिसहरूको मृत्यु र घाइते भएका छन्। यसमा प्रहरी, सशस्त्र प्रहरी र प्रदर्शनकारी पक्षका जनसमेत घाइते भएका छन्। प्रशासनले नागरिकलाई कर्फ्यू क्षेत्रमै अनावश्यक रूपमा जान नबुझाइरहेको छ।
प्रतिक्रिया