काठमाडौं ।
काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ ।
उनीहरु १२ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै र्यालीमा सामेल भएका छन्। गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा सभा गर्दै छन् भने राजावादीहरुले तीनकुनेमा मञ्च तयार गरेर सभा गर्न लागेका छन्।
समाजवादी मोर्चा भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई चेतावनी दिन प्रदर्शन गर्दै छ भने राजावादीहरुले गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै छन्। बिभिन्न क्षेत्रहरुबाट जुलुस प्रदर्शन स्थलतर्फ यात्रा गर्दै छन्।
समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।
जसअनुसार मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् । जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ ।
प्रतिक्रिया