सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कतिमा हुँदैछ किनबेच ?


काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय कायम भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।