एउटा शब्द हुन्छ अनि अर्को अर्थ हुन्छ । शब्दकै अर्थ हुन्छ । केही शब्दको बहुअर्थ पनि हुन्छ । सुगाले केवल शब्दोच्चारण गर्छ तर त्यसको अर्थ बुझ्दैन । तपाईँ के हुनुहुन्छ ? केवल शब्दोच्चारण गर्ने सुगा हुनुहुन्छ कि ती शब्दहरूका अर्थ पनि बुझ्नुहुन्छ ! अर्थ नबुझेपछि मान्छेहरू बहस गर्न तम्सिन्छन् ।
ती सच्चिदानन्द, ती सृष्टिकर्तालाई त अनुभव गर्नुपर्दछ, व्याख्या मात्र गरेर हुँदैन । उदाहरणका लागि तपाईँ जेरी खानुहुन्छ अनि तपाईँलाई मन पनि पर्छ । यसलाई खाएपछि तपाईँ व्याख्या गर्न सक्नुहुन्छ । यस विपरीत मानिसहरू खानुभन्दा पहिलादेखि नै व्याख्या गर्न थाल्छन् ।
तपाईँ जीवित हुनुहुन्छ या हुनुहुन्न भन्ने कुरा जान्नका लागि आपैmँसँग प्रश्न सोध्नुहोस् ! यथार्थमा भन्ने हो भने भयमुक्त दिमाग र हृदय भएको प्राणी नै जीवित प्राणी हो । चिन्तामुक्त दिमाग र हृदय भएको प्राणी नै जीवित प्राणी हो, जो क्लेशमा डुबेको हुँदैन । किन एक–आपसमा बहस गरिरहनुहुन्छ ?
अचेल मानिसहरूसँग यति धेरै पैसा छ कि तपाईँ कल्पनासमेत गर्न सक्नुहुन्न । यति भएर पनि उनीहरूलाई ‘मानिसले मेरा बारेमा के सोचिरहेका छन्’ भन्ने चिन्ताले सताएको हुन्छ तर तपाईँ आफ्ना बारेमा के सोच्नुहुन्छ भनेरचाहिँ कसैले पनि सोध्दैन ! के तपाईँ आपूmलाई प्राप्त भएको जीवन ठूलो भाग्यले पाइएको छ भनेर बुझ्नुहुन्छ ? यो फेरि पाइन्छ कि पाइँदैन ? वास्तविकता त के हो भने, तपाईँ आउनुभएको छ अनि एकदिन तपाईँले जानुपर्नेछ । तीनवटा कानुन छन्– पहिलो तपाईँ जन्मनुभयो, दोस्रो तपाईँ जीवित हुनुहुन्छ र तेस्रो तपाईँले अवश्य जानुपर्नेछ ।
तबलावादक अर्थात् तबल्चीले अभ्यास गर्नुपर्ने हुन्छ । के उनी एक दिन बढी बाँच्लान् ? बाँच्दैनन् । एकदमै अध्ययनशील कलेजका प्राध्यापकचाहिँ के एक दिन बढी बाँच्लान् त ? बाँच्दैनन् । एकदमै स्वादिष्ट भोजन तयार पार्ने ती भान्सेचाहिँ के एक दिन बढी बाँच्लान् त ? बाँच्दैनन् । ती वेदपाठ गरिरहने, मन्दिर जाने, घण्टी बजाउने महात्माचाहिँ के एक दिन बढी बाँच्लान् त ? अहँ, बाँच्दैनन् । यो कस्तो खालको कानुन हो ? असल काम गर्ने मानिसले त अतिरिक्त समय पाउनुपर्ने हो नि तर पाउन सक्दैन । जसले सबै खाले भक्तिभाव ग¥यो, पूरै रामायण पढ्यो, गीता पढ्यो, वेदशास्त्रादि पढ्यो ऊ पनि थप एक दिन बढी बाँच्न सक्दैन ।
हामी जे गरिरहेका भए पनि त्यो यस संसारका लागि गरिरहन्छौँ । यदि हामीलाई जीवन दिने ती सृष्टिकर्ताका लागि केही गर्ने हो भने त हामीले उनको अनुभव गर्नु आवश्यक हुन्छ । यदि मानिसले ती सृष्टिकर्तालाई अनुभव गर्ने चाहना राख्यो भने त्यसमा कोही गरिब भन्ने हुँदैन, कोही धनी भन्ने पनि हुँदैन, कोही महिला हुँदैन, कोही पुरुष हुँदैन । त्यहाँ सबै बराबर हुन्छन् । यदि ती सृष्टिकर्तालाई अनुभव गरिरहेको छ भने उसका लागि कोही अशिक्षित भए पनि ठीकै हुन्छ अनि कोही शिक्षित छन् भने पनि ठीकै हुन्छ ।
यो कुरा परमानन्दका बारेमा हो, वास्तविक आनन्दका बारेमा । यस संसारको डरबाट मुक्त भएपछि मात्रै तपाईँले यो कुरा बुझ्नुहुनेछ । यो तनावमा रहने बानीबाट बाहिर निस्केपछि मात्रै तपाईँले यो कुरा बुझ्नुहुनेछ । तपाईँलाई दिमागबाट हटाएर तपाईँभित्र रहेका ती सृष्टिकर्तातिर मोड्नु पनि गुरुको एउटा अर्को लक्ष्य हो । तपाईँ जीवित हुनुहुन्छ । तपाईँलाई योभन्दा ठूलो उपहार त प्राप्त हुनै सक्दैन । यदि तपाईँले अर्को उपहार पाउनुभयो भने त्यो उपहार भनेको चाहिँ तपाईँले यो सर्वश्रेष्ठ उपहारलाई बुझ्न सक्नु हो ।
गुरुले यो कुरालाई सम्भव तुल्याउनुहुन्छ जसबाट हामीले के पाएका छौँ भन्ने कुरा बुझ्न सक्छौँ । यदि कसैले खेतलाई त्यत्तिकै छोडिदियो । त्यसमा खेती गरेन । केही पनि मिहिनेत गरेन भने त्यस्तो खेत त बिस्तारै–बिस्तारै बाँझो बन्न पुुग्दछ । यदि त्यहाँ उन्नत किसिमको बीउ रोपेनौँ, पानी लगाएनौँ भने के हुनेछ ? जहाँ गहुँ फल्थ्यो, जहाँ फलपूmल हुने गथ्र्यो– अब त्यहाँ मानिसका लागि केही काम नलाग्ने चीजहरू उम्रिन थाल्छन् । त्यो खेत बाँझो बन्न थाल्दछ ।
यदि तपाईँँले कुनै त्यस्तो बिरुवा रोप्नुभयो जसले फल अथवा तरकारी दिन्छ भने तिनलाई पानी चाहिन्छ । यदि तिनले पानी पाएनन् भने त्यो खेतमा त्यस्ता चीजहरू फल्दछन् जसलाई पानीको आवश्यकता पर्दैन– जस्तै ः खर, घाँस, पात आदि । त्यसकारण हामीले पनि आफ्नो जीवनमा यो जीवनरूपी खेत पाएका छौँ । यसमा हामीले कतिको परिश्रम गरिरहेका छौँ ? यो खेतमा हामीले कुन–कुन बाली लगाएका छौँ ? यो खेतमा कुनचाहिँ बाली रोपेका छाँै ? यस जीवनरूपी खेतमा पनि यदि हामीले मिहिनेत गरेनौँ, पानी हालेनौँ भने यो पनि बिस्तारै–बिस्तारै बाँझो हुँदै जानेछ ।
वास्तविकता के हो भने, तपाईँँले आफ्नो यस जीवनरूपी खेतमा प्रत्येक श्वासका साथ केही न केही रोपिरहनुभएको छ । जुन प्रत्येक श्वास तपार्ईँभित्र चलिरहेको छ– भित्र आएर गएपछि एउटा बीउ रोप्नुभयो । फेरि दोस्रोपटक भित्र आउँछ र जान्छ– फेरि अर्को बीउ रोपियो । चाहे तपाईँले बीउ रोप्ने कोशिश गर्नुहोस् या नगर्नुहोस्, बाली त रोपिँदै छ । यसमा तपाईँले पनि केही गर्न सक्नुहुन्न । यदि तपाईँले बीउ नरोपियोस् भन्ने चाहना राख्नुभयोे भने पनि यो सम्भव छैन । केवल यतिमात्र सम्भव छ, कुनचाहिँ बीउ रोप्न चाहनुहुन्छ ? यो बुझ्नुपर्ने कुरा छ– अहिलेसम्म तपाईँले कुनचाहिँ बाली लगाउनुभयो ? तपाईँले श्वास लिइरहनुभयो तर तपाईँको मन कहिले यता दौडिरहन्छ त कहिले उता दौडिरहन्छ ।
धेरैजसो अन्य थुप्रै कुराहरूका बारेमा चिन्ता लागिरहन्छ तर तपाईँले यो जुन श्वास अहिले भर्खरै लिनुभयो– योसँग कुनचाहिँ बीउ रोप्नुभयो ? यसका बारेमा तपाईँ चिन्तै गर्नुहुन्न । यस संसारमा छौँ भने यस कुराका बारेमा पनि सोच्नुपर्छ र अरु कुराका बारेमा सोच्नुपर्छ । तर, त्यसको अर्थ त्यसैमा भएभरको समयलाई बिताउनुपर्छ भन्ने पनि होइन । जब तपाईँ खाना पकाउनुहुन्छ भने त्यसमा नुन पनि हाल्नुहुन्छ । तर, त्यसको मतलब तपाईँ बसी–बसी नुनमात्रै हालिरहनुहुन्छ भन्ने पनि होइन । नुन हाल्नाले खानेकुरामा स्वाद आउँछ । स्वादिलो हुन्छ ।
तर, यसको तात्पर्य जति धेरै हालिन्छ त्यति नै धेरै स्वादिलो हुन्छ भन्ने होइन । यदि धेरै हाल्यौँ भने ः जुन कुराले स्वादिलो हुन्थ्यो, अब त्यसैले खानेकुरालाई खान नसकिने बनाइदिन्छ । यस संसारमा हरेक विषय खानेकुरामा नुन धेरै हालेपछि उत्पन्न हुने समस्याजस्तै भइरहन्छ । यस जीवनमा केवल एउटै कुरा छ । यसलाई तपाईँले जति धेरै चिन्ता गर्नुहुन्छ, तपाईँलाई त्यति नै धेरै आनन्द मिल्नेछ । त्यो चीज तपाईँभित्र रहेको प्रत्येक श्वासमा चलिरहेको छ । आपूmले कतै खोज्नुपर्दैन ।प्रत्येक श्वास– जुन अमूल्य छ । जुन तपाईँभित्र चलिरहेको छ ।
जुन श्वास तपाईँभित्र आउँछ त्यसले तपाईँका लागि के ल्याउँछ ? जसका कारणले तपाईँ मुस्कुराउन सक्नुहुन्छ, जसका कारणले तपाईँ देख्न सक्नुहुन्छ, जसका कारणले तपाईँले अनुभव गर्न सक्नुहुन्छ । त्यही चीजका कारणले आज यस संसारमा सबै कुरा भइरहेको छ, ठूला–ठूला आविष्कार भएका छन् । नयाँ–नयाँ कुराहरू बनिरहेका छन्, अचम्म–अचम्मका कुराहरू बनिरहेका छन् । तर, जसका कारणले यी सबै कुरा भइरहेका छन् ती चीजप्रति कसैले पनि ध्यान दिइरहेका छैनन् । यदि त्यो चीज निस्किएर गयो भने त्यसपछि न कोही वृद्ध हुन्छ, न कोही जवान रहन्छ, न कोही नोकर, न कोही मालिक । ती सबै कुरा समाप्त !
जब त्यो हृदयको ढोका खुल्दछ तब मानिस भित्रतिर जान्छ । भित्र के छ ? भित्र त्यो चीज छ जुन अन्तिम क्षणसम्म मानिससँगै रहनेछ । त्यसको कुनै मूल्य छैन ।
त्यो अमूल्य छ । त्यो सदैव तपाईँसँगै छ र तपाईँसँगै रहनेछ । तपाईँ त्यसबाट उम्किन सक्नुहुन्न । जुन दिन तपाईँ त्यसबाट मुक्त हुनुहुनेछ, तपाईँ रहनुहुने छैन । जबसम्म तपाईँ जीवित हुनुहुन्छ तबसम्म त्यो तपाईँसँगै रहन्छ । त्यो कुनचाहिँ ढोका हो ? त्यो ढोका हो– साँचो शान्तिको ढोका । वास्तविक शान्तिको ! उठ्नुहोस्, जाग्नुहोस् र आफ्नो यो दिनको शुरुवात गर्नुहोस् । बिउँझने समय भइसकेको छ । किनभने, तपाईँले आजसम्म जति पनि ठूला–ठूला, एकदम राम्रा–राम्रा सपना देख्नुभएको छ, यथार्थमा ती सारा सपनाहरूभन्दा पनि राम्रो छ– यो श्वासको वास्तविकता ! आफ्नो जीवनमा त्यो दया र करुणालाई हेर्नुहोस् ।
यदि तपाईँ दया र करुणालाई अनि यो दया र करुणाको वास्तविक प्रतीकलाई हेर्न चाहनुहुन्छ भने यो श्वासलाई चिन्नुहोस् । यो हो दया ! यसभन्दा धेरै दया मानिसमाथि हुनै सक्दैन । प्रत्येक श्वासमा आउने र जाने जुन माला छ– त्यसमा वास्तविक सुख छ, वास्तविक शान्ति छ । त्यसैका कारणले यो चेतना छ । त्यसकै कारणले यो जीवन छ, त्यसैका कारणले तपाईँ हिँड्न सक्नुहुन्छ । तपाईँ जे हुनुहुन्छ, त्यसैका कारणले हुनुहुन्छ ।
यसमा त त्यस्तो आनन्द छ जुन म सदैव प्राप्त गर्न चाहन्छु । यस्तो होइन– आनन्द लियो अनि सकियो । आजसम्म जीवनमा त्यस्तो आनन्दको अनुभूति गरिएकै छैन जुन सदाका लागि रहोस् । हरेक खालको आनन्द आउँछ र सकिन्छ । तर, यो आनन्द सदैव रहन्छ । जब तपाईँले आफ्नो जीवनमा यस कुरालाई राम्रोसँग स्वीकार गर्नुुहुन्छ– म पनि एक–एक श्वासमा त्यो चीजको बीउ रोपूँ जसको बाली भित्र्याएपछि आफ्नो जीवनमा मैले कहिल्यै भोकै बस्न नपरोस् ।
अनि मात्र, यो जीवन पाउनुको सार्थकता हुनेछ । यो जीवनरूपी खेतलाई बाँझो हुन नदिनुहोस् । किनभने, आवश्यकतै छैन । तपाईँभित्र कति धेरै पानी छ भनेर तपाईँ सोच्न पनि सक्नुहुन्न । एकदमै मीठो र स्वच्छ पानी छ । त्यो सबै तपाईँभित्रै छ । त्यसको आनन्द लिनुहोस् । तिर्खा मेटिसकेको आनन्द लिनुहोस् र आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल )
प्रतिक्रिया