सिटिजन्स बैंकको अगुवाइमा वायर हाउसमा लगानी


काठमाडौं ।
सिटिजन्स बैंकको अगुवाइमा नेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । प्रवद्र्धक कम्पनी उपाय वायर हाउजिङ प्रा.लि. एवं लगानीकर्ता बैँकबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको हो ।

बैंकका अनुसार उक्त परियोजना बागमती प्रदेश, काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका, नासीका स्थान साँगामा निर्माण हुनेछ । परियोजनाको अनुमानित लागत करिब १ अर्ब २० करोड ७ लाखमध्ये बैंकहरूले ८५ करोड बराबरको आवधिक कर्जा (निर्माण अवधिको व्याज बाहेक) बढीमा ८०ः२० को ऋण स्वपुँजी रहने गरी लगानी गर्ने जनाएको छ ।

जसमध्ये सिटिजन्स बैंकबाट ६० करोड (आवधिक कर्जा ५० करोड, बैंक ग्यारेन्टी सुविधा ५ करोड र क्यास क्रेडिड कर्जा ५ करोड) र माछापुच्छ«े बैंकबाट ३५ करोड (आवधिक कर्जा) लगानी हुनेछ भने बाँकी स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने बैंकले जनाएको छ । परियोजना आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेकोे छ ।