काठमाडौं ।
ललितपुरको एक युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाकाएको छ ।
बुधबार राती करिब १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरु बीच एकआपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गर्दा मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको प्रहरीले जनाएको छ । आरोपी रसाइलीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धन भइरहेको जनाइएकाे छ ।
प्रतिक्रिया