काठमाडौं ।
जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराकाका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ। उनलाई बैकिङ कसुर सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको छ ।
काभ्रेपलाञ्चोकमै पनि उनीविरुद्ध तीनवटा जाहेरी परेको छ । थप विवरण खुल्न बाँकी छ ।
प्रतिक्रिया