सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार


काठमाडौं ।

सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागीमा फसेका तीन जनालाई डोरीको सहायताले उद्धार गरिएको छ । प्लाजाभित्रै कति जना फसेका छन् भन्ने यकिन हुन भने सकेको छैन ।

थप दुई जनालाई डोरीको सहायताले उद्धारको प्रयास भइरहेको छ । बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी भइरहेकाे छ । इटहरी र आसपासका आठ वटा दमकलले निभाउने प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन सकेको हो ।

आगलागी नियन्त्रणको लागी पूर्वी पृतनाबाट सेनाको हेलिकप्टरद्वारा उद्धार भइरहेको बताइएको छ । इटहरी चोकबाट पूर्व काकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो । अहिले पाँचौं‌, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ ।