काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि सामान्य बढेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १९ सय ९० रुपैयाँमा कायम भएको छ। मंगलबारपनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया