काठमाडौं ।
प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ ।
आज बसेको विपक्षी दलहरूको बैठकले कुलमानलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको निष्कर्ष निकाल्दै विरोध गर्ने निर्णय भएको रास्वपा नेता सन्तोष परियारले बताए ।
उनले भने, ‘सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको छ । सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । विधि विधान बाहिर अनुशासन बाहिर गएर शक्ति प्रयोग गरेर सरकारले गरेको यो यस्ता अरू गतिविधिहरुविरुद्ध सदनमा आवाज उठाउने निर्णय भएको छ ।’ उनले सडकमा पनि विरोध जारी रहने बताए ।
प्रतिक्रिया