सेन्ट्रल प्लाजामा आगलागी


काठमाडौं ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । आज विहान सेन्ट्रल प्लाजामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

प्लाजाको भित्र दुई जना फसेको बताएएको छ । उनीहरूको उद्धारका लागि सुरक्षा निकाय र दमकल टोली लागिरहेको छ । प्रारम्भिक जानकारीअनुसार भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन ।

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा अहिले नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।