काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो। डिजिटल बोर्डमा रोमनमा ‘केपी चोर देश छोड’ डिस्प्ले भएको थियो।
सोमबार दिउँसो १२ बजेदेखि करिब १ बजेसम्म डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध लेखिएको नारा डिस्प्ले भएको थियो। यस विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएकाे छ ।
प्रतिक्रिया