काठमाडाैं ।
सरकारले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङले दुईवटा विकल्पमा निकटस्थहरुसँग परामर्श गरिरहेका छन् ।
आफूलाई हटाइएको पत्र प्राप्त गरेपछि सरकारको निर्णयविरुद्ध अदालत जाने कि, पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ राख्ने भन्ने रहेको छ ।
सोमबार राति निर्णय भए पनि मंगलबार विहान कार्यालय खुल्दासम्म उनलाई हटाइएको पत्र प्राधिकरण पुगेको छैन । अहिले विद्युत प्राधिकरण क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया