सरकारलाई बालेनकाे चुनाैती- गलत भए मलाई जेल हाल


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।

आज विहानै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? माथीको कुरा गलत भए मलाई जेल हाल भन्दै चुनाैती दिएका छन् ।