कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुतला दहन


काठमाडौं ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकाे विराेधमा काठमाडाैंमा पुतला दहन गरिएकाे छ ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतला दहन गरेका हुन् ।

विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ।