काठमाडौं ।
चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक त्रिशूली नदीमा खस्दा चालककाे मृत्यु भएकाे छ भने सहचालक घाइते भएका छन् । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको टोलीले चालक र सहचालकको उद्धार गरेको छ ।
यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ । सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ ।
सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।
प्रतिक्रिया