काठमाडौं ।
चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका २७ वर्षीय रोहित राना शव ९ दिनपछि फेला परेको छ ।
फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट त्रिशूलीमा खसेका रानाकाे आइतबार बिहान मृत फेला परेकाे हाे ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शव भेटिएपछि पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको छ। रोहितका परिवारले शव सनाखत गरिसकेका छन्।
उनी सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। मोटरसाइकल सडकमै अडिएको थियो भने उनी त्रिशूलीमा खसेका थिए। खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरसहित टोली परिचालन गरिएको थियो।











प्रतिक्रिया