काठमाडौं ।
नेपाल प्रहरीका मानबहादुर घले र नेपाली सेनाकी कोपिला बस्नेतले उपत्यकाव्यापी खुला सुटिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको एयर पेस्तोलतर्फ पुरुषमा मान र महिलामा कोपिला पहिलो भएका हुन् । पुरुषमा सेनाका राजेन्द्र विष्ट र बागमती प्रदेशका विशेष खड्का तेश्रो भए । महिलामा सेनाकी ज्योतिका दाहालले रजत तथा प्रहरीकी मिना स्याङतान्ले कांस्य जिते ।
बागमती प्रदेशको तत्वावधानमा नेपाल सुटिङ संघले आयोजना गरेको प्रतियोगिताको पुरुष एयर राइफलमा सेनाका विनोद बस्नेत पहिलो, प्रहरीका अर्जुन थापा मगर दोश्रो र सेनाका नारायणसिंह दोङ तेश्रो भए । सो स्पर्धाको महिलामा सेनाकी दिपु घलेले स्वर्ण, सेनाकै राधा गुरुङले रजत र एपीएफकी रुपा आचार्यले कांस्य जिते ।











प्रतिक्रिया