काठमाडौं ।
काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा रहेको नेपाल–संस्कृत विश्वविद्यालयको भवन भत्काउन लागिएकाे छ । वसन्तपुर दरबार क्षेत्रमा जीर्ण अवस्थामा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन काठमाडाैं महानगरपालिका र स्थानीयको पहलमा भत्काउने लागिएको हो ।
‘विश्व सम्पदा सूची क्षेत्रभित्र पर्ने वसन्तपुर डबलीमा रहेको नेपाल–संस्कृत विश्वविद्यालयकाे भवन भत्कने संम्भावना भएकाले स्थानीयहरूमा त्रास बढेको छ । उक्त महेन्द्र संस्कृत विश्वविद्यालय दाङमा सरेकाे छ । नेपालमा ‘पछिल्लो समयमा पटक–पटक गरेर भूकम्प र पराकम्पन गइरहेको अवस्थामा सर्वसाधारणहरूको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–संस्कृत विश्वविद्यालय रहेको भवन भत्काउन लागिएको कामपाले जनाएको छ ।
वि.सं. २०७२ सालमा भूकम्पपछि भत्किएको संरचना पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभागले नेतृत्व लिए पनि सो भवन पुनर्निर्माणका लगी कुनै निकायले पहल गरेको थिएन् ।
























प्रतिक्रिया