‘प्यारो प्रधानमन्त्री ज्यु, नेपाली भएर बाच्ने आधार त दिनुस् 


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् । 

मेयर शाहले कवितात्मक शैलीमा लेखेका छन् – ‘प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले भ्रष्ट भनिसक्यो , इन्डियाले भिखारी भनिसक्यो , चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस्  ।’