माउन्टेन मुभर्स विजयी


काठमाडाैं ।

माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको महिलामा बिहीबार जित हासिल गरेको छ । ३ टोली सहभागी राउन्ड रोबिन लिगमा माउन्टेन मुभर्सले उनीहरूको पहिलो खेलमा कीर्तिपुरलाई ६८–५२ ले पराजित ग¥यो ।

मुभर्सकी डोल्मा तामाङले २६ अंक जोडिन् । यसअघि कीर्तिपुरले पहिलो खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो ।

मुभर्स र आईएसए नेपालबीचको अन्तिम लिग खेलले फाइनल पुग्ने प्रतिद्वन्द्वीको टुंगो लाग्ने छ । उक्त खेल आईएसएले जिते तीनै टोलीको समान १–१ जित हुनेछ । त्यो अवस्थामा स्कोर अन्तरका आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।