काठमाडाैं ।
जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा पनि आयोजकको टोली नेपालले १–० को जित हासिल गरेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १–० ले हराएको हो । यसअघि पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० ले नै हराएको थियो ।
नेपालले लगातार दोस्रो जितसँगैं एक खेल खेल्न अगावै फाइनल खेल्ने पनि तय गरेको छ । नेपाललाई लेबनानविरुद्ध जित दिलाउन पहिलो हाफमा सावित्रा भण्डारीले गरेको एक गोल नै पर्याप्त भएको थियो । उनले ४२ औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल विपक्षी खेलाडीमा डिफ्लेक्ट भएर गोल भएको थियो ।
यसअघिको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० ले हराएर एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । म्यानमारको पनि लगातार दोस्रो जित थियो । यो नतिजापछि आइतबार हुने नेपाल र म्यानमारबीचको खेल फाइनलको लागि पूर्वतयारी मात्रै हुने संभावना छ । यस्तै, सोही दिन कीर्गिस्तान र लेबनान पहिलो जितको खोजीमा हुनेछ ।











प्रतिक्रिया