काठमाडाैं ।
कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु–२० गर्ल सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ ।
मघ्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त ग¥यो भने कर्णालीले ३० हजार रुपैयाँ हासिल गरेको थियो । सलेशले दुबै हाफमा समान ५–० को अग्रता लिएको थियो ।
विजेता टोलीकी आरुषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अंक जोडिन् । एक ट्राई बराबर पाँच अंक र एक कन्भर्जनमा दुई अंक प्राप्त हुन्छ । ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ । तर, सलेशले दुवैपल्ट कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन ।











प्रतिक्रिया