ब्रायन्टको जुत्ता ६ लाखमा बिक्यो


न्युयोर्क, (एजेन्सी)

पूर्व बास्केटबल खेलाडी कोबे ब्रायन्टले सन् २०१३ को एक प्रतिष्ठित खेल दौरान लगाएको जुत्ता लिलामीमा ६.६० लाख डलरमा बिक्री भएको छ । यो रकम नेपालीमा करिब झण्डै ९ करोड हुन्छ ।

त्यतिबेला लस एन्जेलस लेकर्सका लागि खेलेका ब्रायन्टले गम्भीर चोटका बाबजुद शानदार खेल देखाएका थिए । स्टेट वारियर्सविरुद्ध ब्रायन्ट चौथो क्वार्टर सकिन ३ मिनेट बाँकी हुँदा कोर्टमा लडेका थिए । यसले उनको बायाँ खु्ट्टामा गम्भीर चोट लागेको थियो ।

उनको निधन ४१ वर्षको उमेरमा जनवरी २०२० मा हेलिकोप्टर दुर्घटनामा भएको थियो । यसमा उनकी छोरीको पनि निधन भएको थियो । उनको निधन भएदेखि उनका हरेक चिज लिलामीमा ठूलो मूल्यमा बिक्री भएका छन् । २०१३ मै सोही खेलका लागि उनले लगाएको जर्सी गत वर्ष राखिएको लिलामीमा १.२ मिलियन डलरमा बिक्री भयो ।