काठमाडौं ।
आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ।
उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र आज विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएकाे छ ।
गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया