बझाङ ।
नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिक बझाङ संवादाता ललित सिंहमाथि चक्कु प्रहार भएको छ।
साेमबार राति सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। अध्यक्ष सिंहले होटलमा बोलाएर समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन्।
घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ।
बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जना—२९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया