काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ स्थान र नयाँ भवनबाट सञ्चालनमा आएको छ ।
बैंकले हालसम्म चितवन रत्ननगरको बकुलहर, टाँडीको केन्द्रीय कार्यालयबाट सेवा दिँदै आएकोमा भरतपुरको बाइपासरोड स्थित जिल्ला सहकारी संघको आधुनिक भवनमा सरी सेवाको शुरूवात गरेको हो ।
बैंकले हाकिमचोक स्थित नयाँ शाखा कार्यालयबाट समेत सेवाको शुरूवात गरेको जनाएको छ । बैंकको २२औँ साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरे बमोजिम स्थानान्तरण भएको हो ।
बैंकले चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयहरूमार्फत् बैंकिङ कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गरेको भरतपुरमा केन्द्रीय कार्यालय स्थानान्तरण भएसँगै सेवाग्राहीलाई थप सेवा प्रदान गर्न सहज हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया