काठमाडौं ।
अर्बिट इनर्जीले ५० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता-पत्रमा अर्बिट इनर्र्जीका महाप्रबन्धक सुदीप खड्का तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकास्थित साभाखोलामा २१ दशमलव ५ मेगावाट र ६ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजीकम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरू जडान गरी अबको १ बर्ष भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।
प्रतिक्रिया