एसके इनर्जी डेभलपमेन्टको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


काठमाडौं ।


एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले २० लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्टका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका प्रमुखकार्यकारी अधिकृत भीष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

एस.के. इनर्जी डेभलपमेन्टले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७ दशमलव २ मेगावाट क्षमताको श्यामखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।