रेडियन्ट र ह्वाइटफिल्ड क्वार्टरफाइनलमा


काठमाडौं ।

रेडियन्ट पब्लिक र ह्वाइटफिल्ड ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

रेडियन्टले निःसर्ग वाटिकालाई ५४–३७ ले पराजित ग¥यो । रेडियन्टको जितमा रविन्द्र खत्रीले २६ अंक योगदान गरे । नेहाल अन्सारीको १४ अंक सहयोगमा ह्वाइटफिल्डले रेडियन्ट रिडर्सलाई २७–२१ ले हरायो । योसँगै सिनियर ब्वाइजको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

सिनियर गल्र्समा रिब्सले द चाँदबागमाथि ३०–६ को सहज जित दर्ता गर्दै अन्तिम आठमा स्थान पक्का ग¥यो । रिब्सकी सुप्रिया मल्लले ११ स्कोर गरिन् । सिनियर गल्र्समा पनि अन्तिम आठको समीकरण तयार भएको छ । एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा एक्सेल्सियरले एलआरआईलाई ४–१ गोलले पराजित गरी अन्तिम आठमा प्रवेश गरेको छ । एक्सेल्सियरका लागि चारै गोल ओजस पाठकले गरे ।

यु–१६ मा एक्सेल्सियरले रेडियन्ट पब्लिकलाई ३–२ गोलले पन्छ्याउँदै समूह ‘सी’ को विजेताका रूपमा अन्तिम आठमा पुग्यो । एक्सेल्सियरका अनिशा रोका र सर्जक अर्यालले समान १–१ गोल । रेडियन्टका सुर्भिस खड्का र विजेश गौतमले समान १–१ गोल फर्काए । रेडियन्ट पनि समूह उपविजेताका रूपमा अन्तिम आठमा पुग्यो ।