बैतडी ।
धनगढीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिप क्रिकेटको उपाधि सीवाईसी अत्तरियाले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । योसँगै अत्तरियाले १० लाख र फ्रेन्ड्स युथले ५ लाख नगद पुरस्कार जिते ।
जितको लगि पाएको १ सय १९ रनको लक्ष्य पछ्याएको डडेलधुरा ८४ रनमै समेटिएको थियो । बलिङमा अत्तरियाका शाहव आलम र दिपेश कडेलले ३÷३ तथा कमल गुप्ता र विवेक यादवले २-२ विकेट लिए ।
प्रतिक्रिया