सत्ता समीकरणविरुद्ध अनेकाै भ्रामक प्रचार भइरहेको छ : महासचिव पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् ।


सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा पोखरेलले राखेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत शर्माले कांग्रेस एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन् ।


दुई ठुला राजनीतिक दल बिचको सत्ता समीकरणले त्यस्ता तत्त्वहरू विचलित भएको पोखरेलको ठम्याई छ । ‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पुरा हुने छैन, हुन दिइने छैन किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’, पोखरेलले लेखेका छन् ।