काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देश दौडाहाका क्रममा व्यक्त गर्दै आएको अभिव्यक्तिले लोकतन्त्रलाई नै खतरामा पार्ने देखिएको छ ।
सत्ताबाट अनायास बाहिरिनुपरेको पीडा प्रचण्डमा छचल्किएको देखिन्छ भने लोकतन्त्र र संसदीय व्यवस्थाप्रति अनास्था फैलाउने समूह सक्रिय रहेको बेला प्रचण्डले अभिव्यक्त गर्दै आएको भनाइले लोकतन्त्र नै धरापमा पर्ने देखिन्छ ।
लामो समयसम्म नेपाली कांग्रेस र एमालेको टाउकोमा टेकेर सत्ताको स्वादमा रमाउँदै आउनुभएका प्रचण्डलाई एमाले–कांग्रेसको संयुक्त सरकार गठन भएपछि जातीय तथा क्षेत्रीयताको नारालाई उचालेर आफ्नो अभीष्ट पूरा गर्नेतर्फ प्रचण्डको अभियान सञ्चालन भएको देखिन्छ । सत्तामा रहँदा मृतप्रायः रहेका पार्टीको जातीय तथा क्षेत्रीय संगठनलाई ब्युँझाएर गिजोलिएको राजनीतिलाई थप अस्थिर बनाउने काममा प्रचण्डको भूमिका प्रमुख देखिन थालेको छ ।
सत्तामा रहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई जाली फटाहा र भ्रष्ट नेता भएका जस्ता सार्वजनिक टिप्पणी गर्दै हिँड्नुभएका प्रचण्डलाई नेपाली राजनीतिमा अस्थिर पदको लोभले ग्रस्त भएको नेताका रूपमा आम जनताले बुझ्न थालेका छन् ।
कहिले एमालेलाई त कहिले कांग्रेसलाई घुक्र्याएर सत्ता सहकार्य गर्दै प्रधानमन्त्री पड्काउनुभएका प्रचण्डले सत्तालाई केन्द्रबिन्दुमा राख्दै आउनुभएको छ । प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई सत्ता विमुख हुनु परेको पीडाको रूपमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले लिनुभएको छ । हिजो १० वर्षे जनयुद्ध केका लागि थियो भन्ने लक्ष्यसमेत प्रस्ट पार्न नसकेका प्रचण्डबाट यस्ता अभिव्यक्तिहरू आउनु स्वाभाविक भएको विश्लेषण महासचिव पोखरेलले गर्नुभएको छ ।
उहाँमा राजनीतिक चरित्र नै छैन हिंसामा विश्वास गर्ने मान्छेले सत्ता प्राप्तिलाई पनि सिंहको भ¥याङ बनाउनु नौलो नभएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन । कहिले प्रधानमन्त्रीले संविधान खारेज गर्ने भाषण गर्ने कहिले केपी ओली बाँचुन्जेल कम्युनिस्ट एकता नहुने, वर्तमान सरकारको नेतृत्व गर्ने मान्छे भ्रष्टको नाइके भएको मात्र बनाउनुभएको छैन प्रचण्डले सार्वजनिक मञ्चबाटै ओलीको कम्बोडियामा अर्बाैँको लगानी रहेको झापाको गिरीबन्धुमा भ्रष्टाचार गरेको जस्ता प्रमाणित नै हुन नसक्ने विषयलाई छताछुल्ल पार्दै आउनुभएको छ ।
प्रचण्डले भनेजस्तै प्रधानमन्त्री ओलीको एकल प्रयासले अहिलेको संविधान खारेज हुने अवस्था छ त यस विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा भन्नुहुन्छ– ‘प्रमुख प्रतिपक्षी दलका नेताले के बोल्ने के नबोल्ने त्यति त थाहा हुनुपर्ने हो ।’ प्रचण्डको पछिल्लो भनाइहरूले लोकतन्त्रलाई हाँसी मजाकको विषय बनाइदिएको टिप्पणी महामन्त्री थापाले गर्नुभएको छ ।
जनयुद्धकालमा गठन गरिएका जातीय र क्षेत्रीय मोर्चाहरू लामो समयसम्म प्रचण्डलाई आवश्यक नपरे पनि अहिले आएर भने ती संगठनलाई पुनर्गठन गर्नुले प्रचण्डमा जनयुद्धको धङधङीले अझै नछोडेको र जातीय तथा क्षेत्रीय मोर्चाहरूलाई सत्ताको भ¥याङ बनाउन खोज्नु पक्कै पनि प्रचण्डजस्ता नेतालाई सुहाउने विषय होइन ।
लोकतन्त्रलाई कमजोर बनाउने देशी तथा विदेशी शक्ति सक्रिय भइरहेको बेला सत्ताबाट बाहिरिनु परेको पीडा पोख्ने थलोको रूपमा प्रचण्डले जथभाबी बोलेर आफ्नै कद घटाउने काम गर्नुले उहाँ र अहिलेको व्यवस्थालाई नै फाइदा पुगेको देखिँदैन ।
देश दौडाहामा रहनुभएका प्रचण्डले हिजो आफूले गरेको प्रायश्चित गर्नुपर्नेमा अरूमाथि दोष थोपरेर आफू चोखो अरू सबै चोर हुन भन्ने भाष्य निर्माण गर्न खोज्दा त्यसले आफ्नो राजनीतिलाई कत्तिको बुम¥याङ गरेको छ यसको विश्लेषण प्रचण्डले गर्नु पर्ने होइन ।
केपी ओली नेतृत्वको सरकारले जति काम देश र जनताको पक्षमा गर्नु पर्ने थियो त्यो गरेको देखिँदैन । जताततै निराशा नै निराशा रहेको अहिलेको अवस्थालाई चिर्ने काम वर्तमान सरकारबाट नहुनु र प्रचण्डले देशव्यापी रूपमा दलप्रति अनास्था फैलने गरी जथाभाबी बोल्दै हिँड्नुले पनि जनतामा चरम निराशा छाउँदै गएको छ ।
प्रतिपक्षको भूमिकालाई अवसरको रूपमा लिएर सरकारले गरेका राम्रा कामको मौन समर्थन र नराम्रा कामको भण्डाफोर गर्नुपर्ने नेताले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर जथाभाबी बोेल्दै हिँड्नुले अवस्था जटिल बन्दै गएको विश्लेषण गर्न थालिएको छ ।











प्रतिक्रिया