माघ २९ गते मंगलबार, यस्ताे छ तपाईँकाे राशिफल


मेष: समय अनुकूल देखिँदैन । परिवार, इष्टमित्रमा विवाद, निरर्थक दौडधूप, लखतरान हुन सक्छ ।

वृष: दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, सम्मान बढ्नेछ ।

मिथुन: तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, पराक्रम, मानसिक प्रसन्नता होला ।

कर्कट: दिन शुभ भएकाले उपहारादि वस्तु प्राप्ति, आफ्नो बोली बिक्ने, कार्य सफल हुने देखिन्छ ।

सिंह: समय अनुकूल नभएकाले सजग रहनुस् । विवाद, धन हानि, दुर्घटनाको सम्भावना देखिन्छ ।

कन्या: तपाईंका लागि दिन उत्तम छ । साथीभाइबाट सहयोग, मिष्ठान्न भोजन प्राप्ति होला ।

तुला : दिन अनुकूल भएकाले कोसेली–उपहारादि वस्तु प्राप्ति, कामकाज सफल, स्फूर्ति जाग्ने देखिन्छ ।

वृश्चिक: तपाईंका लागि दिन शुभ छ । प्रतिष्ठा, राज्यबाट लाभ, पढाइ वा परीक्षामा सफलता होला ।

धनु: समय अनुकूल देखिँदैन । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी, कष्ट हुने सम्भावना छ ।

मकर: तपाईंका लागि समय अनुकूल छ । धन लाभ, मान–सम्मान, बाहन–लाभको सम्भावना देखिन्छ ।

कुम्भ: समय अनुकूल भएकाले आर्थिक लाभ हुने, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ ।

मीन: दिन बलवान् छ । काममा सफलता, स्वस्थताको महसुस, आम्दानीको सम्भावना प्रबल छ ।