बुढानीलकण्ठस्थित एक घरमा प्रहरीकाे छापा


बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।

दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको हो।
प्रहरीले छापा मारेर आज २३ जनालाई पक्राउ गर्नुका साथै ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ।

बरामद गरिएको मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने प्रहरीले बताएको छ।